घाँस ठेक्का सम्बन्धी सूचना हलुका सवारी चालक पदमा पदपूर्तिको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना कार्यालय सहयोगी सेवा करार पदमा पदपुर्ति सम्बन्धी अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Vacancy For The Post Of Office Helper and Driver मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका निर्णयहरु २०७७।०८।१० स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमको विवरण भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ द्वारा आयोजित MWASH कार्यक्रम संचालन गरिएको छ डुडुवा नदि को घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को कुमराह घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को चन्दनपुर घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ

बर्दिया जिल्लाको संक्षिप्त परिचय

आफ्नै परिचय र पहिचान बोकेको मध्य र सुदुर पश्चिमकै मुलद्वारको रुपमा रहेको बर्दिया जिल्ला वास्तबमै आफ्नै मौलिक, सांस्कृति र सुन्दरतामा रमणीय जिल्ला पनि हो | मध्य पश्चिमाञ्चल विकास क्षेत्रको दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भन्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको आक्षंस २८.७0-२८.३५0 र देशान्तर ८१.३0-८१.४१0 तथा समुन्द्री सतह देखि १३८-१२७९मिटर उचाई सम्म अवस्थीत छ | पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ । यस जिल्लाको क्षेत्रफल २०२५ वर्ग कि. मि. मध्ये अधिकांस भु-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँकि भाग (३१.२७%) चुरे पर्वत पर्दछ । पहिले आदिवासी थारुहरुको बहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरुमा वाह्य जिल्लाहरुबाट बसाई सराई गरि आउनेको भिडले गर्दा जातिय विविधता रहेको छ । १३ इलाका, ४ निर्वाचन क्षेत्र, २ नगरपालिका सहित २५ वटा गा.वि.स. मा विभाजित बर्दिया जिल्लामा राष्ट्रिय निकुन्ज, कृष्णसार संरक्षित क्षेत्र जस्तो महत्वपूर्ण स्थलहरु रहेका छन् |
वि.स. १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले ईष्ट ईण्डिया कम्पनिलाई सहयोग गरेवापत वि.स. १८७३ को सुगौली सन्धिबाट गुमेको भू-भाग मध्य पुरस्कार स्वरुप वि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपरोक्त बर्दिया लगायतका जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छन् । बर्दिया तालको जिल्ला राजा राज हातिको जिल्ला , थारु वहुलको जिल्ला, जंगलै जंगलको जिल्ला, कृष्णसारको जिल्ला, पन्टुन पुलको जिल्ला तथा कर्णाली पुलको जिल्लाको नामले पनि बर्दिया जिल्ला कमैया प्रथाले उत्पन्न गरेको भुमिहिनता मुख्य समस्यको रुपमा रहेको छ । न्युन पुर्बाधारविकास, बाढी प्रकोप, अव्यवस्थित सहरीकरण तथा प्रतिभा पलायन बास्तबमा जिल्लाकै समस्याका रुपमा लिन सकिन्छ |
बर्दिया जिल्लाको पर्यटकीय सम्भावना तथा विशेषताहरु :
१) नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल (१०१५ मि.)|
२) नेपालमै सबैभन्दा बढी पाटेबाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्तु बिबिध प्रजाति रहेको ८९६ वर्ग मि. फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज |
३) एसियामै १ खम्बाबाट पहिलोपटक निर्माण भएको कर्णाली चिसापानी सडक पुल |
४) बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार |
५) पुरातत्वले महत्वपुर्ण र नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन भएको ठाकुरबाबा मन्दिर, गणेश मन्दिर, सदाशिव मन्दिर, कोटाही मन्दिर, बागेश्वरी मन्दिर, कालिका मन्दिर, तरकेशोर मन्दिर जानकी मन्दिर आंदी |
६) प्राकृतिक रुपले निर्मित, दक्षिण एशियाका चराचुरुंगीको क्रिडा स्थल, कमलको फुल जस्ता गुणले सम्पन्न र संरक्षण गरिएको १०५ बिगाहा क्षेत्रफलमा फैलिएको बढैया ताल |
७) प्राकृतिक रुपमा रहेको २०० बिगाहा क्षेत्रफलमा फैलिएको सतखोलवा ताल |
८) जिल्लाको करिब ५३ प्रतिसत जनघनत्व रहेको थारु जाति, राजी, चेपांग, आदि बिबिध सांस्कृति |
९) अन्नको भण्डार |
१०) कुरिलो , घ्यु कुमारी जस्ता अनेक जडिबुटी |

 

श्राेत जिविस योजना पुस्तिका

 

 


Skip to toolbar